साउदी अरबमा एक नेपालीको मृत्यु
काठमाण्डौ साउन ३ - रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । करिव डेढ महिनाअघि काठमाण्डौँका त्रिपुरेश्वरस्थित वल्र्डवाइज म्यानपावर कम्पनी साउदी पुगेका सप्तरी घोघनपुर-४, का म ३८ वर्षीय हकिम मियाँको मृत्यु भएको हो ।
साउदी अरबस्थित अलकपी धात्मा मोहम्मदिन अब्दुल्ला अल कतानी कम्पनीमा कार्यरत हकिमको शव उनको कोठामा फेला परेको बताइएको छ । एक लाख खर्चेर गएका हकिमका दुई छोरा र दुई छोरी छन् । हकिमको मृत्युपछि उनलाई नेपाल ल्याउन नसक्दा अन्तिम संस्कार हुन सकेको छैन ।
समाचार ऑनलाइन खबर बाट
