विद्यार्थी नेताले आफन्त र श्रीमतीलाई क्याम्पसमा जागिर ख्वौंदा झडप
भक्तपुर, श्रावण १० - सानोठिमी क्याम्पसमा कर्मचारी नियुक्तिको विषयमा बुधबार विद्यार्थी संगठनहरुबीच झडप भएको छ ।
झडपमा असईसहित तीनजना प्रहरी घाइते भएका छन् भने ८ जना विद्यार्थी घाइते भएको भक्तपुर प्रहरी प्रमुख नारायण सिंह खड्काले बताए । कर्मचारी नियुक्तिको विषयलाई लिएर नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच झडप भएको हो ।
क्याम्पस प्रशानले स्ववियू सभापति वीरेन्द्र बस्नेतकी श्रीमती कविता दाहाल, जिल्ला उपाध्यक्ष सुवास ढकालकी श्रीमती सम्झना भण्डारी र स्ववियू इकाईका गणेश बुढाथोकीका आफन्त नरेन्द्रसिंह धामीलाई लाइब्रेरियनमा नियुक्ति दिएको विषयमा विवाद भएको नेविसंघका केन्द्रीय सदस्य विकास थापाले बताए ।
नियुक्तिको विरोधमा अखिल र नेविसंघले विरोध सभा गर्दा दुवै संगठनबीच विवादमा झडप भएपछि प्रहरीले बल प्रयोग गरेको महानगरीय प्रहरी वृत्तका डिएसपी राजन अधिकारीले बताए । अधिकारीले संगठनका विद्यार्थीहरुबीच झडप हुँदा उनीहरु घाइते भएको बताए । विद्यार्थी नेताहरुले भने प्रहरीले बल प्रयोग गरेर विद्यार्थीहरु घाइते भएको आरेप लगाएका छन्।नेविसंघले क्याम्पस प्रशासन तोडफोड तथा कागजपत्र जलाएको छ । घाइतेहरुको गठ्ठघरस्थित नागरिक अस्पतालमा उपचार भइरहेको छ ।
समाचार कांतिपुर बाट