पूर्वमन्त्री पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद २ करोड १६ लाख जरिवाना
काठमाडौं साउन १० - विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फसला सुनाएको छ ।
अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बुधबार जोशीलाई डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ १४ पैसा विगो र त्यति नै जरिवानाको फैसला सुनाएको हो । अदालतले सम्पक्ति लुकाउन सहयोग गरेको भन्दै जोशीका साला बासुदेव पन्तलाई ६ महिना कैद र ६५ लाख जरिवाना तथा उनका कान्छा ससुरा तारानाथ पाण्डेलाई पनि ६ महिना कैद र १ लाख १४ हजार जरिवानाको फैसला सुनाएको छ ।
विशेषको फैसलाविरुद्ध जोशीले सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने छन् । पुनरावेदनका लागि फैसला लागि ३५ दिनको समय हुनेछ । तर, पुनरावेदनका लागि उनले विशेषको फैसला बमोजिम धरौटी राख्नु पर्ने हुन्छ । ‘जोशीलाई पुनरावलोकनका लागि ३५ दिनको म्याद हुन्छ’विशेषका रजिष्टार धिरबहादुर चन्दले भन्नुभयो-’पुनरावबलोन दर्ता गर्न भने फैसला बमोजिम धरौटी बुझाउनुपर्छ ।’
जोशीको मुद्धामा वादी तथाप्रतिवादी दुबै पक्षको बहस ६ गते सकिएपछि फैसलाको मिति बुधबारलाई ताकिएको थियो । हदम्याद नाघेको भन्दै सफाई दिने विशेष अदालतको निर्णय उल्टाउँदै सर्वोच्चअदालतले सुनुवाई गर्न विशेष अदालत पठाएको थियो ।
विशेषका तत्कालिन अध्यक्ष भूपध्याजअधिकारी तथा सदस्यद्धय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले २०६३ सालकार्तिक ३० गते हदम्यादको कारण देखाउँदै जोशी विरुद्धकोमुद्धा खारेज गरेको थियो । तीनपटक गृहसहित सात पटक मन्त्री भएका जोशीले पदकेा दुरुपयोग गरी ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० साल माघमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
समाचार ऑनलाइन खबर बाट