माओवादीको जारी विस्तारित बैठकमा हात हालाहाल(भिडियो )
काठमाडौं साउन ५ - एकीकृत नेकपा माओवादीको जारी विस्तारित बैठकमा दुई पक्षबीच तनाव हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कुर्सी प्रहार भएको छ । पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि प्रचण्ड पक्षधरका जनार्दन शर्भा प्रभाकरले हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षका कार्यकर्ताले प्रचण्डलाई कुर्सीले हिर्काएका हुन् ।
प्रत्यक्षदर्शी एक नेताका अनुसार प्रभाकर र लोकेन्द्र विष्ट मगरले भट्टराईलाई समातेर मञ्चबाट नउठ्न दबाब दिएका थिए । पहिले कुट्न खोज्ने र पछि समातेरै अंठ्याएको भन्दै भट्टराई पक्षधर नेताहरु आक्रोशित भए । बैठक स्थगित भनेर नेताहरु बाहिरिन लाग्दा बझाङतिरका भट्टराई पक्षका एक प्रतिनिधिले प्रचण्डलाई पछाडिबाट कुर्सीले बजाए । प्रचण्डको ढाडमा कुर्सीले लागेको प्रत्यक्षदर्शी ती नेताको भनाई छ ।
अध्यक्षमाथि कुर्सी हान्नेलाई वाईसीएलका कार्यकर्ताले कुटपीट र लछारपछार गरेका थिए । वाईसीएलको कुटाईबाट घाइते भएका उनलाई एम्बुलेन्समा हालेर उपचारको लागि अस्पताल लगिएको छ ।नेतामाथि हातपातको प्रयास भएपछि कार्यकर्ताहरुबीच कुर्सी र हात हालाहाल भएको थियो ।
समाचर ऑनलाइन खबर बाट ( भिडियो हेर्नुहोस )