|

भोलिदेखि मुस्लिम धर्माव्लम्बीहरुको महान पर्व रमजानुल मुबारक शुरु


नेपालगञ्ज,श्रावण   ५  - आज अरवी महिना रजबुल मुरज्जबको २९ तारीख । आज सााझ आकाशमा चन्द्रमा देखिए भोलिदेखि मुस्लिम धर्माव्लम्बीहरुको महान पर्व रमजानुल मुबारक शुरु हुनेछ । रमजानको महिनामा मुस्लिम धर्माव्लम्वीहरु एक महिनासम्म दिनभरी केही नखाइकन भोकै व्रत बस्ने गर्छन् । यस पर्वमा मुस्लिमहरु रमजानको अवधिभर राति विशेष नमाज तरावी पढने गर्छन ।

यस वर्ष नेपालगञ्जको दारुल उलूम गौसिया जानु मस्जिदमा १४ रमजान, मदिना नूरी मस्जिदमा ७ रमजान, दारुल उलूम आले मुस्तफा मकसूदिया वुलवुलियामा ३ रमजान, र दारुल उलूम फैजुन्नवी जामा मस्जिदमा १६ रमजानको खत्मे कुरआनेपाक हुनेछ, तर तरावी भने एक महिना सम्म पढाइने छ । यस महिनामा मुस्लिम्हरुले आफनो रकमको २।५ प्रतिशत गरीबहरुलाई जकात समेत दिने गरेका छन् । साढे ७ तोला सुन र साढे ५२ तोला चाादी वा त्यस बराबर नगद रकम भएको व्यक्तिले अनिवार्य रुपमै जकात दिनुपर्ने दारुल उलूम गौसिया जानुमस्जिदका मौलाना जमाल अहमद कादरीले जानकारी दिनुभयो । आज चन्द्रमा नदेखिए आइतवारबाट रमजान पर्व शरु हुनेछ ।

Posted by Butwalonline on 1:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भोलिदेखि मुस्लिम धर्माव्लम्बीहरुको महान पर्व रमजानुल मुबारक शुरु"

Leave a reply