|

बेचबिखनका लागि भारततर्फ लैजाँदै गरिएका तीन महिलाको उद्धार

परासी, साउन ५- नवलपरासीको सीमावर्ती महेशपुर हुँदै बेचबिखनका लागि भारततर्फ लैजाँदै गरिएका तीन महिलालाई माइती नेपालको टोलीले उद्धार गरेको छ। साथै बेचबिखनमा संलग्न एक पुरुषलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको जनाइएको छ। यसैबीच, च्याउ खोज्न गाउँबाट आएका एक व्यक्तिको नवलपरासीको तिलकपुर-२ सालबासमा मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको पञ्चनगर-२ बस्ने २८ वर्षीय लोकबहादुर थापा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गाउँबाट तीनजना आएकामा उनको मृत्यु भएको र बाँकी दुईजना घर फर्किएको थाहा भएको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

Posted by Butwalonline on 3:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बेचबिखनका लागि भारततर्फ लैजाँदै गरिएका तीन महिलाको उद्धार"

Leave a reply