|

दक्षिण अफ्रिकी राष्ट्र माडागास्करमा ५० भन्दा बढी नेपाली बन्धक


काठमाडौं, साउन ४- आकर्षक तलब सुविधाको प्रलोभनमा दलालमार्फत दक्षिण अफ्रिकी राष्ट्र माडागास्कर पुर्यामइएका ५० भन्दा बढी नेपाली पाँच महिनादेखि अलपत्र छन्। राहदानी खोसेर विभिन्न होटल र निजी घरमा थुनिएका उनीहरु मागेर छाक टारिरहेका छन्।

सुनील शाही नामका दलालले उनीहरुसंग  जनही ३ लाख लिएर मासिक ६ सय अमेरिकी डलर तलब पाउने कामको प्रलोभन दिएर माडागास्कर लागेका थिए ।माडागास्करमा अलपत्र सर्लाही, बेली- १ का लालबाबु ठाकुरका अनुसार काम लगाइदिन्छु भनेर यहाँ ल्याएर छाडेको पाँच महिना भयो|३० कामदारसहित एक होटलमा थुनिएका ठाकुर अहिले एउटा निजी घरमा सारिएका छन्। बाँकीलाई विभिन्न होटलमा थुनेर दलाल फरार रहेका छन|
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:25 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दक्षिण अफ्रिकी राष्ट्र माडागास्करमा ५० भन्दा बढी नेपाली बन्धक"

Leave a reply