पानी जमेको खाल्डोमा डुवेर ३ जना बालिकाको मृत्यु
बर्दिया,साउन ४ - बर्दियामा पानी जमेको खाल्डोमा डुवेर ३ जना बालिकाको मृत्यु भएको छ । दिनभर खेतमा धान रोपी खेत नजिकै रहेको ईट्टा भट्टाको खाल्डोमा नुहाउन गएका धधवार ६ वनगाई बर्दियाका ३ बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ११ वर्षाया आरती चौधरी, ११ वर्षकी अञ्जली चौधरी र १२ वर्षाया सरिता चौधरी रहेको बर्दिया प्रहरीले जनाएको छ ।नुहाउन गएका बालिकाहरु नफर्केपछि गएराति अबेर खोजी गर्दा खाल्डोमा डुवी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मतृक बालिकाहरुको शवलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको छ ।
समाचार ऑनलाइन खबर बाट
