स्याङजा सहयोग समाज यु.ए.ई द्घारा आर्थिक सहयोग
राजु पाण्डे दुवई-गत सुक्रवार ६ जुलाईका दीन स्याङजा सहयोग समाज यु.ए.ईले। अबुधावीमा केन्द्रिय तथा क्षेत्रिय कमेटिको वैठक बसि समाजका अध्यक्ष भुपति न्यौपानेको हातबाट सो रकम स्याङजाबासि सोभित बहादुर थापालाई ३५००० हजार नेपाली रु हस्तारन्तरण गरिएको हो ।
सोभित वहादुर थापा स्याङजा सहयोग समाज अवुधावी क्षेत्रिय कमेटिका अध्यक्ष रहेको र समाजमा उनले उल्लेखनिय काम गर्दै आएका छन् । उनको श्रीमती तथा २ वटा छोरा र १ छोरि छन् अहिले उनको श्रीमती गौरावहादुर थापा विरामी भएको र सुरुका दिनमा स्याङजा हस्पिटलमा उपचार गर्दा पनि केहि नभए पछि पोखराको चरक हस्पिटलमा भर्ना गरिएको छ तर पनि पैसाको अभावले उपचार गर्न नसकेको र अहिलेको अवस्थामा हस्पिटलले क्यान्सर भएको पुष्टि गरेको छ लामो समय सम्म उपचार गराउदा निको नभएर अझै झन् ठुलो रोग क्यान्सर लाग्दा वााहालाइ पिडा भन्दा पिडा थपिदै गएको छ । घरको आर्थिक स्थिती पनि सामान्य रहेको र आफनो वुबा आमा तथा भाईहरु संग अलग भएर वसेका सोभित वहादुर थापाले याहाबाट कमाएको पैसाले उपचार गराइरहेका र हाल आएर कमाएको पैसाले पनि औषधि उपचार गर्न कम परेको खवर वाहााका साथिभाईहरुबाट स्याङजा सहयोग समाज यु.ए.ईमा अपिल गरिएको थियो ।
यस्तो दयनिय अवस्थामा भगवानले पनि जो होचो उसको मुखमा घोचो भनेझैं १५ दीन अगाडी ठुलो छोराको हात भााचिएर अपरेसन गर्नुपरेको वाहााको परिवारमा त्यस्तो अवस्थामा पनि घर जान मन हुदा हुदै पनि घर गएर श्रीमती र छोराको समेत उपचारमा लाग्ने खर्च केहि पनि नहुने हुदा दुवईमा काम गरिरहनु परेको वाध्यात्मक परिस्थितीको वारेमा जानकारि गराएका थिए ।
सोभित वहादुर थापाको घर पुतली वजार ६ स्याङजा वजार हो उनले अझै पनि स्याङजा सहयोग समाजलाई दुवई मा या नेपालमा कसरि चिनाउन सकिन्छ भनेर लागि रहनु भएको छ । तथा सम्पुर्ण नेपाली दाजु भाई दिदीवहिनीहरुमा सहयोगको लागि अपिल गर्नु भएको छ । सम्पर्क न. ०५५७२८७८८९
