|

नाबालक छोराछोरीलाई सडकमा अलपत्र छोडेर बाबु बेपत्ता


काठमाण्डौं,असार २०  - गत आईतबार बेलटारबाट धरान आएका दिपेन राई आफ्ना नाबालक छोराछोरीलाई सडकमा अलपत्र छोडेर हिडेका हुन् । ‘आफूले जन्माएका छोराछोरी कसलाई पो माया लाग्दैन र ?’ दिप्सन र दीपशिखाको रेखदेख गर्दै आएकी प्रहरी जवान अनुजाले भनिन्, ‘यी कलिला नानीहरुलाई छाडेर कसरी हिड्न सकेका होलान् ?’
अविवाहित अनुजाले प्रहरीले आफुलाई दिएको कोठामा दीपशिखा र दिप्सनलाई राखेकी छन् । आफूले दुवैजनालाई नुहाईदिने र खाना खुवाएर दिनभर हेरचाह गर्ने गरेको बताएकी छन् ।

नियमित गस्ति गर्नेक्रममा धरानको कल्याणचोकमा प्लास्टिकको झोलामा कपडा बोकेर हिडिरहेको अवस्थामा उनीहरुलाई भेटिएको प्रहरी नायबउपरीक्षक राजेन्द्र बिष्टले जानकारी दिए ।

भर्खरै बोली फुटेका दिप्सनले आफ्नो घर बेलटार रहेको बताएका छन् भने आमाले पहिले नै छोडेको र बुवाले अर्की आन्टी ल्याएको पनि बताएका छन् । बेपत्ता रहेका दिपेन राईको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:22 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नाबालक छोराछोरीलाई सडकमा अलपत्र छोडेर बाबु बेपत्ता"

Leave a reply