अधिकारकर्मीहरुको मुखमा दहि
हेमराज भट्ट/नेपालगन्ज,असार २० -अहिले मध्य तथा सुदुर पश्चिम सागै नेपालका आन्तरीक तथा बाह्य पर्यटकहरुले थकाई मार्ने थलो, पयैटकिय स्थल तथा बनभोज आदिका रुपमा कैलालीको कर्णाली निकै चर्चामा छ ।
सुदुर पश्चिमका जिल्लाहरुमा काम बिशेषले जाने तथा घुम्नका लागि जाने गरेका जो कोही पनि आधा घण्टा भएपनि कर्णलीमा बस्ने गर्दछन् भने प्राय त प्रशिद्ध कर्णलीको माछा सहितको खाना खाएर जान्छन् । कर्णलीका होटेलहरुमा बसेर मज्जाले माछा खाने ती अधिकार कर्मीहरु कसैको पनि ध्यान होटेलहरुमा काम गर्ने सयौं बाल मजदुरहरुमाथि भने कहिले पर्दैन । लौ हेरौ त माथिको यो तस्बिर कर्णालीको निकै प्रशिद्ध मानिएको न्यू लुक होटेलमा काम गर्दै गरेका एक बालमजदुर । हाम्रो आखा अगाडी देखिने यस्ता दर्दनाक बाल शोषण लाई नदेखेजस्तै गर्ने हाम्रा देशका अधिकार कर्मीहरुले बाल अधिकारको बारेमा ओकालत गर्नु कत्तिको न्यायोचित होला ?

