अबिरल वर्षापछि आएको बाढीले चार घर बगायो
पर्वत असार २०-अबिरल वर्षापछि आएको बाढी पहिरोले पर्वतमा चार घर बगाएको छ । पर्वतको शालिग्राम-९, गोलाङका लक्ष्मीपति पौडेलका दुई तथा नारायणप्रसाद भुसाल र अमरबहादुर थापाका एक-एक घर बगाएको प्रहरीले जनाएको छ । घर बगे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
रातभरको वर्षाका कारण कालीगण्डकी लोकमार्ग, गोलाङ- सेतीवेणी ग्रामीण सडक र गोलाङ- देउराली, वहाकी भन्ज्याङ ग्रामीण सडकबाट बगेको पहिरो र लेदोले घर बगाएको पीडित पौडेलले जानकारी दिनुभयो ।
समाचार ऑनलाइन खबर बाट
समाचार ऑनलाइन खबर बाट
