|

खाल्डोमा डुबेर चार बालबालिकाको मृत्यु


कैलाली,असार २० - कैलालीको फूलबारी गाविस-१ टाउन प्लानको खाल्डोमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय बहुलियाका अनुसार घर नजिकै खाल्डोमा नुहाइरहेको अवस्थामा डुबेर उनीहरुको मृत्यु भएको हो । डुबेर मृत्यु हुनेमा नौ वर्षका राम भाट, छ वर्षका लक्ष्मण भाट, नौ वर्षका गोपी दमाई र सात वर्षकी शर्मिला विक रहेकी छिन् ।


डुबेर दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दीपा भाट र हरिस भाट रहेका छन् । मृत्यु हुने राम भाट र लक्ष्मण भाट तथा घाइते हुने दीपा र हरिस सबै दाजुभाइ/दिदीबहिनी रहेको सीमा प्रहरी कार्यालय बहुलियाका प्रमुख हरिस चन्दले बताउनुभयो । घाइतेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 7:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खाल्डोमा डुबेर चार बालबालिकाको मृत्यु"

Leave a reply