युएईमा मारिएका एक नेपालीको ठेगानामा उनका परिवार भेटिएन
काठमाडौं, असार २२- युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले पर्वत चित्रे-५ का ३० वर्षे दुर्गाबहादुर सुनारको मृत्युदण्डको सजाय कार्यान्वयन हुन तीन महिनामात्र बाँकी छ। नौ वर्षअघि रोजगारीको सिलसिलामा युएई पुगेका सुनार एक नेपालीको हत्या आरोपमा त्यहीँको जेलमा छन्।
सुनारलाई सुनसरी हाँसपोसा-२ का गणेशबहादुर बस्नेतको हत्या आरोपमा युएईको सारजहाँस्थित अदालतले सुनारलाई झुण्डाएर मृत्युदण्ड दिने सजाय सुनाएको थियो।इस्लामिक कानुनअनुसार अदालतले सजाय (मृत्युदण्ड) माफीका लागि पीडित परिवारसँग सहमति गर्न उनलाई आगामी सेम्टेम्बरसम्मको समय दिएको छ। तर, बस्नेतका परिवार नभेटिएपछि सुनारले सजाय माफी पाउने सम्भावना क्षीण बनेको छ।
'अदालतको फैसलाअनुसार सजाय माफीका लागि सहमति गर्न हामीले मारिएका बस्नेतको परिवार खोजी गर्यौं,' सुनारका गाउँले राजेन्द्रकुमार गुरुङले नागरिकसँग भने, 'परराष्ट्र मन्त्रालयसमेत पुग्यौं तर बस्नेतको परिवारको केही पत्तो लाग्न सकेन।'
सारजहाँमा मारिएका बस्नेतको साथमा भेटिएको राहदानी र नागरिकतामा उनको स्थायी ठेगाना 'सुनसरी, हाँसपोसा-२' उल्लेख छ। सोही ठेगानाको आधारमा बस्नेतका आफन्तको खोजी गर्दा त्यस ठेगानामा आफन्त मात्र होइन, मारिने गणेशबहादुरलाई चिन्ने समेत कोही नभेटिएको गुरुङले बताए।
'मृत्युदण्ड सजाय कार्यान्वयन गर्ने समय आइसक्यो, मारिने बस्नेतका आफन्त को हुन्? कहाँ छन्? केही पत्तो लागेन,' गुरुङले भने, 'हामी कहाँ जाने, कसलाई गुहार्ने?'गुरुङका अनुसार गएको चार महिनासम्म नेपालमा रहेका आफन्तसँग टेलिफोन सम्पर्कमा रहेका सुनारको त्यसपछि परिवारसँग कुनै सम्पर्क भएको छैन। दुई वर्षअघि मृत्युदण्डको सजाय पाएका सुनारबारे युएई सरकारले त्यहाँस्थित नेपाली दूतावासलाई सुनाएपछि परराष्ट्र मन्त्रालयले उनको परिवारलाई जानकारी गराएको थियो।
युएई सरकारले पठाएको कागजातअनुसार सुनारले सन् २००९ जनावरी १४ मा बस्नेतको हत्या गरेका थिए। त्यसको एक वर्षपछि सारजहाँ अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। फैसलामा अदालतले सुनारलाई सेप्टेम्बर २०१२ सम्म पीडितका परिवारसँग सजाय माफीका लागि समय पाएको थियो।इस्लामिक कानुन तथा अदालतको फैसलाअनुसार दुई अवस्थामा मात्र बस्नेतले सजाय माफी पाउन सक्छन्। पहिलो, पीडित परिवारले दोषीले पेस गरेको ब्लडमनि (क्षतिपूर्ति रकम) स्वीकार गरी सजाय माफी दिन राजी भए, दोस्रो कुनै क्षतिपूर्ति रकम नलिई पीडित परिवारले माफी दिन चाहे सुनार मृत्युदण्डको सजायबाट मुक्ति पाई नेपाल फर्कन पाउने छन्। यी दुवै विकल्प फेल खाए सजाय कार्यान्वयन हुन्छ।'पीडित परिवारले ब्लड मनी स्वीकार गरे सजाय माफी हुनसक्छ,' परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा घटनाका बेला युएईका लागि नेपाली राजदूत अर्जुनबहादुर थापाले भने, 'मारिने बस्नेतको परिवार खोजी गर्न हामीले सुनसरी जिल्ला प्रशासन कार्यालयलाई समेत पत्र पठाएका छौं। परिवारका सदस्य भेटिएका छैनन्।'
मारिने गणेशको २१४७३०२ नम्बरको राहदानी र नागरिकता सुनसरीबाटै जारी भएको जानकारी जिल्ला प्रशासन कार्यालय (जिप्रका)ले परराष्ट्रलाई गराएको छ। यतिमात्र होइन, राहदानी र नागरिकतामा उल्लेख ठेगानामा मारिएका व्यक्तिको आफन्त खोजी गर्न जिल्ला प्रशासन सुनसरीले प्रहरी नै पठाएको थियो। खटिएका प्रहरीका आधारमा हाँसपोसा-२ मा त्यस्तो नाम गरेको व्यत्ति कोही नभएको र बसाइँसराइ पनि नगरेको खबर जिप्रका सुनसरीले परराष्ट्रमा पठाएको छ।'पीडित परिवारले के माग राख्थे त्यो हामी पूरा गर्ने थियौं,' गुरुङले भने, 'तर, पीडितका परिवार को हो, कहाँ बस्छ, चाहना के हो बुझ्न नपाई नै सजाय कार्यान्वयन होला भन्ने डर भयो।'
समाचार नागरिक न्यूज बाट