|

ससुरालीमै श्रीमती र ३ महिनाकी छोरीको हत्या

झापा, असार १३- भारतको मणिपुरका स्थायी बासिन्दा शोभा मणिपुरेले झापाको जलथल-४ मा रहेकी आफ्नी ३० वर्षे पत्‍नी नरमाया तथा ३ महिनाकी छोरी रेविकाको हत्या गरेका छन्। वैशाखदेखि ससुराली गाउँमा बस्दै आएका उनले छोराको समेत हत्या प्रयास गरेका छन्।

आफ्नै पिताको आक्रमणका कारण ४ वर्षे छोरा अरुण सिकिस्त छन्। उनलाई उपचारका लागि विराटनगर लगिएको छ।पत्‍नीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको र छोरीको घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ।हत्यापछि उनी फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 5:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ससुरालीमै श्रीमती र ३ महिनाकी छोरीको हत्या"

Leave a reply