|

बलिउड सुपरस्टार अमिताभ बच्चनको निधन ???

इन्टरनेटको प्रयोगसँगै धेरै विकृती समेत आएका छन् । इन्टरनेटको दुरुपयोग गर्दै आफ्नो साइट वा ब्लग तथा सामाजिक संजाल मार्फत विभिन्न झुट्टा अफवाह फैलाउनेहरुको कमी छैन । यस्तै गलत मान्छेको सिकार बनेका छन् बलिउड सुपरस्टार अमिताभ बच्चन । एक व्यक्तिले आफ्नो ब्लगमार्फत अमिताभ बच्चनको सडक दुर्घटनामा ज्यान गएको गलत समाचार सार्वजनिक गरेपछि त्यसले सनसनी मच्चाएको छ ।

सडक दुर्घटनामा अमिताभको ज्यान गएको भन्दै एक ब्लगमार्फत अफबाह फैलाइएपछि धेरै मानिस स्तब्ध बने । अमिताभ चढेको कार अमेरिकाको न्यूजर्सीको मरिस टाउन नजिकै दुर्घटना भएको र त्यसमा परी उनको ज्यान गएको भनेर उक्त ब्लग प्रयोगकर्ताले आफ्नो ब्लगमा गलत समाचार राखेको थियो ।

स्मरण रहोस् केही समय पहिले बलिउडका कुनै जमानाका सुपरस्टार राजेश खन्नाको निधन भएको गलत खबर इन्टरनेट मार्फत फैलिएको थियो भने यो वर्षको सुरुतिर भारतीय गायिका लता मंगेशकरको निधन भएको खबरले समेत सबै अचम्ममा परेका थिए ।

यस्ता गलत समाचारका कारण फैलिने सनसनीले त्यस्तो गलत काम गर्नेहरुलाई तत्कालका लागि मनोरञ्जन त दिन्छ, तर त्यो समाचारले सेलिब्रेटी तथा शुभेक्षुकहरुमा भने नराम्रो असर पुग्छ । वास्तवमा यस्तो कर्म निकै ठूलो अपराध नै हो । चिरायू रहुन् अमिताभ बच्चन ।
साभार ऑनलाइन खबर 

Posted by Butwalonline on 5:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बलिउड सुपरस्टार अमिताभ बच्चनको निधन ???"

Leave a reply