|

छिमेकीको बाथरुममा झुन्डिएर एक किशोरीको मृत्यु


काठमाडौँ, असार १५ - महाराजगञ्जमा एक १४ वर्षीया किशोरी छिमेकीको घरको बाथरुममा झुण्डिएर मरेको अवस्थामा फेला परेका छन्। महाराजगंज डेरा गरी बस्ने उमेश भट्ट प्रधानको डेराकोठामा काम गर्ने गोरखा जिल्ला ताकुकोट-३ घर भएकी १४ बर्षीया संगिता सिंजाली छिमेकी गणेश पाण्डेको घरको बाथरुमको धाराको पाइपमा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी गोठाटार-८ स्थित गान्धी तुलसी स्मारक महागुठी अन्तर्गत तुल्सी मेयर महिला आश्रममा सिपमुलक तालिम गर्ने मुस्ताङ जिल्ला घर भएकी १९ बर्षीया अर्चना नेपाली सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छन्।

यस्तै सिन्धुपाल्चोक थकनी-६ बस्ने १६ वर्षीय सुकमान तामाङ आफ्नै घरको बार्दलीमा पासो लगाई झुन्डी मृत्यु भएको अवस्थामा फेला परेका छन्।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 8:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छिमेकीको बाथरुममा झुन्डिएर एक किशोरीको मृत्यु"

Leave a reply