|

१३ वर्षीय छोराले बञ्चरो प्रहार गरी आमाको घाँटी छिनाले


महेन्द्रनगर, असार १५ - कञ्चनपुरको कृष्णपुरमा शुक्रबार छोराले आमाको हत्या गरेका छन्। कृष्णपुर-२, बंक गाँउमा १३ वर्षीय छोरा मोहन धामीले ३५ वर्षीया आमा कलावति धामीको हत्या गरेका हुन्। सात कक्षामा पढ्ने मोहनले आमा कलावतिलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।मोहनले घाँटी छिनालिने गरी कलावतीको घाँटीमा वञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिलिपकुमार चौधरीले बताए।

घट्नालगत्तै प्रहरी उपरीक्षक चौधरी घट्नास्थल पुगेका थिए। घरायसी विवादका कारण मोहनले आमाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आमाको हत्यालगत्तै मोहनले नजिकै रहेको दंगा नियन्त्रण प्रहरी गणमा आत्मसमर्पण गरेका थिए। कलावतिको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल ल्याइएको छ।

यस्तै अछामको बयाला गाविसमा भीरबाट खसेर एक युवतीको मृत्यु भएको छ। बयाला गाविस-४ की २१ वर्षीया डम्बरदेवी विकको घास काट्ने क्रममा भीरबाट खसेर ज्यान गएको हो। चाल्सा गाविसको गौजनको भीरबाट खसेर घाइते भएकी विकलाई उपचारको क्रममा लैजादा दैलेखको राकममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 8:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "१३ वर्षीय छोराले बञ्चरो प्रहार गरी आमाको घाँटी छिनाले"

Leave a reply