अब एसएसली परीक्षामा सहभागी सबै उत्तीर्ण हुने
काठमाण्डौं,असार ५-परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानो ठिमीले एसएलसी (प्रवेशिका) परीक्षा प्रभावकारी र व्यवस्थित बनाउन ‘लेटर ग्रेड प्रणाली’ लागू गर्ने तयारी गरिरहेको छ । पनिकाले सम्भवतः आगामी एसएलसी परीक्षामै यो प्रणाली लागू गर्ने छ ।
हालको ‘नम्बर ग्रेड परीक्षा प्रणाली’ पूरानो ढर्राको भएको र समयसापेक्ष नभएको मूल्यांकन गर्दै पनिकाले परीक्षा प्रणाली परिवर्तन लागेको हो ।
माध्यमिक तह अन्तर्गतको कक्षा-८ देखि नै लेटर ग्रेड प्रणाली लागू गर्ने सोचाईमा परीक्षा नियन्त्रण कार्यलय रहेको छ ।
लेटर ग्रेड प्रणाली अन्तर्राष्ट्रिय स्तरको परीक्षा प्रणाली हो ।
यसमा हालको जस्तो उत्तीर्ण र अनुत्तीर्ण भन्ने हुँदैन्, सहभागी सबै उत्तीर्ण हुन्छन् । परीक्षार्थीले प्राप्त गरेको अंकका आधारमा उसको मुल्यांकन हुने छ । विद्यालय तहमा यो प्रणाली नयाँ मानिएपनि त्रिभुवन विश्वविद्यालयको एमफिल र काठमाण्डौं, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहको परीक्षामा यो प्रणालील सुरु भईसकेको छ । पनिकाले विद्यार्थीले प्राप्त गरेको अंकका आधारमा २० देखि ४० प्रतिसत ल्याउनेलाई ‘डि’, ४१ देखि ६० सम्मलाई ‘सी’ ६१ देखि ८० सम्मलाई ‘बी’ र ८१ देखि माथिकालाई ‘ए’ वर्गमा राख्ने तयारी गरेको छ ।
समाचार ऑनलाइन खबर बाट