|

पश्चिमाञ्चल औद्योगिक व्यापार मेलामा त्रिपन्न लाख सत्र हजार आम्दानी

 मुक्तिप्रसाद न्यौपाने,आषाढ १२- पाल्पा उद्योग वाणिज्य संघले गत फाल्गुनमा सम्पन्न गरेको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला कृषि प्रदर्शनी एवं पर्यटन महोत्सव २०६८ मा त्रिपन्न लाख सत्र हजार एक सय पच्चिस रुपैयाा आम्दानी गरेको जनाएको छ ।
  
तानसेन आयोजना गरिएको आयव्यय प्रतिवेदन सार्वजनिक कार्यक्रममा लेखापरीक्षक विमल शंकर सैंजुले पेश गरेको प्रतिवेदन सार्वजनिक गदै अर्थ संकलन समितिका संयोजक राजु महर्जनले प्रतिवेदन सार्वजनिक गर्दै महोत्सवमा अठार लाख पैसठ्ठीको टिकट बिक्रि र एघार लाख छयत्तर हजार स्टल भाडाबाट आम्दानी भएका बताए । महोत्सवबाट आशा गरे अनुसारको सफलता प्राप्त भएता पनि सोही अनुसारको व्यवस्थापन हुन नसक्दा केही कमी कमजोरी देखिएको र ति कमी कमजोरीहरु आगामी दिनहरुमा सुधार गर्दै जाने महासचिव भिमसेन कार्कीले बताए ।
  
कार्यक्रममा बोल्दै मेलाका संयोजक मधुदयाल सैंजुले पाल्पामा एक गाउा एक उत्पादनको कार्यक्रम ल्याउन सफल भएको र अब पाल्पामा अदुवा उत्पादन बिक्रि वितरणमा लागेर क्रमश व्यवसायिकीकरण गर्दै अगाडी बढ्ने बताए । सोही अवसरमा बोल्दै पाल्पाका प्र.जि.अ. टिकाराम घिमिरेले पाल्पामा पर्यटनको प्रशस्त सम्भावना रहेको कुरा सबैमा विदितै भएता पनि यसको कार्यान्वयन गर्न र स्रोत साधन जुटाउनमा कसैको चासो नपुगेको बताए ।
  
गत फाल्गुन ५ देखी १३ सम्म चलेको महोत्सवबाट जम्मा पााच लाख बयालिस हजार रुपैयाा बचत भएको छ । बचत भएको रकमको पैसठ्ठी प्रतिशत रकम पाल्पा जिल्लाको पर्यटन प्रवद्र्धनमा खर्च गर्ने पाल्पा उदोग वाणिज्य संघले बताएको छ ।   

Posted by Butwalonline on 6:20 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पश्चिमाञ्चल औद्योगिक व्यापार मेलामा त्रिपन्न लाख सत्र हजार आम्दानी"

Leave a reply