|

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरिया, जेठ १९- इपिएसमार्फत् दक्षिण कोरिया आएका ललितप्रसाद फोम्बोको मृत्यु भएको छ। फोम्बो फेन्थेक सहरको जिन्विम्यन उन्सानमी छिउ सानअफ कम्पनीमा कार्यरत् थिए। तेह्रथुम घर भएका २४ वर्षीय फोम्बोलाई श्वास/प्रश्वासमा समस्या आएपछि साथीहरुले अस्पताल पुर्‍याएका थिए। महामहिम राजदूत कमानसिंह लामा र उपनियोग प्रमुख राजाराम बर्तौलाले घटनाबारे जानकारी लिएका छन्। घटनाबारे अस्पतालको रिपोर्ट आएपछि थप कुरा खुल्ने बर्तौलाले बताए।उनको अस्पाताल लैजाँदै गर्दा बिहीबार बिहान करिब ६ बजे मृत्यु भएको बताइएको छ। पछिल्लो समय दक्षिण कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढेको छ। इपिएस प्रक्रिया लागु भएबाट १३ हजारको हाराहारीमा नेपाली आइपुगेका छन्।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 1:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दक्षिण कोरियामा एक नेपालीको मृत्यु"

Leave a reply