गाँजा तस्कर र प्रहरीबीच सिराहामा गोली हानाहान
लहान, जेठ १९- लहान-ठाडी सडक खण्डको सखुवाननकारकटी-४ मा शुक्रबार बिहान गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ। गस्तीमा रहेका प्रहरीलाई देखेर गाँजा तस्करले गोली प्रहार गरेपछि दुवैबीच गोली हानाहान भएको हो।
गोली हानाहानमा मानवीय क्षति नभए पनि तस्करहरुले भाग्ने क्रममा छाडेको करिव १ सय ८० किलो गाँजा प्रहरीले बरामद गर्न सफल भएको सिरहा प्रहरी प्रमुख राजेशलाल कर्णले बताए। उनले भने- तस्करले चार पाँच राउण्ड फायर गरेपछि प्रहरीले २ राउण्ड फायर गरे। तस्करहरु १२ जना जति थिए, प्रहरीको सङ्ख्या कम थियो, उनले भने।
उदयपुरबाट ल्याइएको गाँजा वलान खोलाको किनारैकिनार सप्तरीको सीमा हुँदै भारतको लौकही निकासी गर्न लागिएको प्रहरीलाई सूचना थियो- उनले भने। उदयपुरको चुरे क्षेत्र गाँजा खेतीका लागि ऊर्वर मानिन्छ। यहाँ उत्पादित गाँजा सप्तरीको कुसहा, पातोलगायतका नाका हुँदै भारत निकासी भइरहेको प्रहरी सूत्र बताउँछ।
सिरहाको ठाडी, झाझपटी, वरियारपटी नाका हुँदै भारतको लौकही, लदनियाँलगायतका भारतीय सहरमा गाँजा तस्करी भइरहेको प्रहरी सूत्रले बतायो। सीमा नाकाका प्रहरी इन्चार्ज अनि सशस्त्रका सीमा प्रमुखलाई लाइन मिलाएर गाँजा तस्करी भइरहेको ठाडीका प्रहरी जवानले भने।
समाचार नागरिक न्यूज बाट