|

कोकाकोला कपमा भोली शनिबार छात्रछात्रातर्फका सेमिफाइनलका खेल हुने

प्रेमनारायण न्यौपाने,पोखरा, ८ असार।सैनिक आवासीय महाविद्यालय, मेरीगोल्ड बोर्डिङ स्कुल, गण्डकी उमावि र नेपाल आदर्श उमावि पोखरामा जारी कोकाकोला अन्तरविद्यालय छनौट प्रतियोगिताअन्तर्गत छात्रतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।शुक्रबार पोखरा रड्डगशालामा भएको छात्रतर्फको पहिलो क्वाटरफाइनल खेलमा सैनिक आवासीय महाविद्यालयले ज्ञानकुञ्ज बोर्डिङ स्कुललाई ३–० ले पराजित गगर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टीम बन्न पुग्यो।सैनिकको जीतमा जीवन कुमालले दुई तथा रोशन बरालले एक गोलको योगदान दिएका थिए। दोस्रो खेलमा मेरीगोल्ड बोर्डिङ स्कुलले कालिका उमाविलाई टाइब्रेकरमा ३–० ले पराजित गर्‍यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर टुड्डिएको थियो।निरज बरालको एकमात्र निर्णायक गोलको मद्दतमा तेस्रो खेलमा गण्डकी उमाविले बालकल्याण बोर्डिङ स्कुललाई १–० ले पराजित गर्‍यो। चौथो खलमा नेपाल आदर्श उमाविले बालोदय उमाविलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टीम बन्यो।नेपाल आदर्शका लागि निशाद पुन र राहुलमान श्रेष्ठले एक–एक गोल गरे भने बालोदयका अनिल विकले सान्त्वना गोल फर्काएका थिए। शनिबार छात्रछात्रा दुवैतर्फका सेमिफाइनल खेल हुने कास्की जिल्ला फुटबल सङ्घका सचिव बुद्धि खत्री क्षत्रीले जानकारी दिए। शनिबार बिहान छात्रातर्फ गण्डकी उमावि र शान्तिनिकुञ्जबीच पहिलो तथा टप्स उमावि र लिटिल स्टेप उमाविबीच दोस्रो खेल हुने छ भने दिउासो छात्रतर्फ सैनिक र मेरीगोल्डबीच पहिलो तथा नेपाल आदर्श र गण्डकीबीच दोस्रो सेमिफाइनल खेल हुने छ।

Posted by Butwalonline on 1:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोकाकोला कपमा भोली शनिबार छात्रछात्रातर्फका सेमिफाइनलका खेल हुने"

Leave a reply