नयाँ संविधान बन्न नसक्नुमा माओवादी र मधेसबादी दल जिम्मेवार- केसी
विनोद परियार ,बुटवल ,असार ८ -राष्ट्रि्रय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जातिय संघियताका विपक्षमा काग्रेस एमालेले अडान नछाडेका कारण मुलुक ठूलो कालबाट जोगिएको बताउनुभएको छ ।
नेपालले कुनै पनि खालको संघियता धान्नै नसक्ने भन्दै माओबादीको जातिय संघियताका विपक्षमा काग्रेस एमालेले अडान लिएकाले अहिलेलाई संकट टरेको बताउनुभयो । राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल शिक्षक संघको प्रथम राष्ट्रि्रय परिषद्लाई आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसिले यस्तो बताउनुभएको हो । संघीयता पक्षधर पार्टीभित्रकै लडाइले संघीयतासहितको संविधान आउन नसेको उहाको दावी छ । उहाँले एनजीओ आईएनजीओले ल्याएको भौगोलिक संघीयताले हांगा हालेर जातीय संघीयताको विवाद सुरु भएको भन्दै अब संघीयताको अवधारणा खारेज गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले नयाँ संविधान आउन नसक्नुमा माओवादी र मधेसबादी दलनै बढी जिम्मेवार रहेको आरोप पनि लगाउनुभयो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डा. भट्टराई बहुजातीय पहिचानसहितको संघीयता स्वीकार्ने पक्षमा रहेपनि तत्कालिन उपाध्य मोहन बैद्य पक्षले नदिएको दाबी गर्नुभयो ।
उहाँले अहिललेलाई संघीयतासहितको संविधान आउने संभावना टरेपनि अझै यो अवधारणा नत्यागिएको भन्दै असार १५ गतेदेखि आफ्नो पार्टीले संघीयताको विरोधमा भण्डाफोर अभियान थाल्ने बताउनुभयो । नेता केसीले राजनीतिक अस्थिरताले देशको राष्ट्रियता कमजोर बन्दै गएको भन्दै अब सहमतिकै राष्ट्रिय सरकार आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सहमतिकै राष्ट्रिय सरकार बनाउनुपर्छ तर डा. बाबुराम भट्टराईकै नेतृत्वमा हुंदैन ।’