|

छोडपत्र गरिसकेकी श्रीमतीलाई चरम यातना दिनेलाई प्रहरी कारवाही प्रकृया शुरु

विनोद परियार ,बुटवल ,असार ८ -छोडपत्र गरिसकेकी श्रीमतीलाई चरम यातना दिएका बुटवलका चन्द्रमान गहतराज विरुद्ध उजुरी दर्तापछि प्रहरीले कारवाही प्रकृया अगाडि बढाएको छ ।

पिडित अन्जु थापा गहतराजले शरीर बन्धक,यातना र जबरजस्ती करणीमा जाहेरी दिएपछि प्रहरीले चन्द्रमानलाई हिरासतमा राखेर कारवाहि प्रकृया अगाडि बढाएको हो । यातनाले विक्षिप्त २६ बर्षिय अन्जुले आफन्तहरुको चर्को दवावका बाबजुद हिजो साँझ ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गर्नुभएको थियो । हिरासतमा राखेर अनुसन्धान गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि कृष्ण कुमार महतले बताउनुभयो । उहाका अनुसार शरीर बन्धक,यातना र जबरजस्ती करणीको अभियोगमा मुद्धा दर्ता भएकाले अभियुक्तलाई ७ बर्षदेखि १५ बर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवाना सजाय हुनेछ । मुलुकी ऐनको कानुनी प्रावधान अनुसार चन्द्रमानलाई कारवाहि हुने उहाले स्पष्ट पार्नुभयो ।

पटकपटक शारीरिक,मानसिक र यौन हिंसा गरेपछि अन्जु र चन्द्रमानको असार १ गते सम्बन्ध विच्छेद भएको थियो । तर चन्द्रमानले त्यसयता झनै यौन हिंसाका साथै चरम शारीरिक यातना दिएका थिए । बुटवल अमरपथमा सुनचादी पसल गरि सुख्खानगरमा बस्दै आएका चन्द्रमानले अन्जुलाई बन्धक बनाएर मंगलबार राती यौनांगमा खुर्सानी छर्केर क्रुर यातना दिएका थिए । परपुरुषसंग पल्केको आरोपमा गहतराजले अन्जुलाई चरम यातना दिएका थिए । अन्जुलाई  राष्ट्रिय मानव अधिकार आयोग,दलित महिला संघ सहितका महिला अधिकारकर्मिहरुले बुधबार उद्धार गरेका थिए ।

Posted by Butwalonline on 5:50 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छोडपत्र गरिसकेकी श्रीमतीलाई चरम यातना दिनेलाई प्रहरी कारवाही प्रकृया शुरु"

Leave a reply