बुटवलमा आदिवासी जनजाति भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विनोद परियार ,बुटवल ,असार ८ -नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले नयां राजनैतिक शक्ति निर्माणका लागि आदिवासी जनजातिहरु लागेको बताउंनु भएको छ । आदिवासी जनजातिले राज्यसंग भीख माग्ने होइन,अधिकारको बांडफाड र दिने ठाउंमा जानुपर्छ भन्दैं त्यसका लागि राजनैतिक शक्ति निर्माणको विकल्प नभएको अध्यक्ष लेखीले प्रस्त्याउंनु भयो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,रुपन्देहीद्धारा आज बुटवलमा आयोजित आदिवासी जनजाति अगुवाहरुसंग गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दैं अध्यक्ष लेखीले राजनैतिक शक्ति निर्माणका लागि महासंघले सहजकर्ताको भूमिका खेलिरहेको बताउंनु भयो ।
उहांले नयां शक्ति निर्माणका लागि असार १९,२० र २१ गते राष्ट्रिय राजनैतिक सम्मेलन गर्ने जानकारी दिदैं सम्मेलनमा ७१ जिल्लाबाट राजनैतिक दलका जनजाति नेताहरु,पूर्व जनजाति सभासद्,एकल जातीय संघ/संगठनका प्रतिनिधि,महासंघका पदाधिकारी तथा प्रतिनिधि सहभागी हुंने बताउंनु भयो ।
उहांले दुई दिनका लागि संविधान सभा पुर्नस्थापना गरि सबै दलको सहमतिमा पहिचानसहितको संविधान जारी गरेर संविधान सभाको निर्वाचनमा जानुपर्ने बताउंनु भयो । कार्यक्रम महासंघ रुपन्देहीका अध्यक्ष होमबहादुर गलामीको संचालनमा सम्पन्न भएको थियो ।