|

गण्डकी र टप्स सेमिफाइनलमा प्रवेश


प्रेमनारायण न्यौपाने,पोखरा, ६ असार। छात्रातर्फ गण्डकी आमावि र टप्स उमावि पोखरामा सञ्चालित कोकाकोला अन्तरविद्यालय छनौट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। बुधबार पोखरा रड्डगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा गण्डकीले कालिका उमाविलाई ४–० ले पराजित गर्‍यो।गण्डकीको जीतमा चारै गोल प्रकृति लामिछानेले गरिन्।


चौथो खेलमा टप्स उमाविले मेरीगोल्ड बोर्डिङ स्कुललाई ३–० ले पराजित गर्‍यो।टप्सका लागि विमला चौधरीलदे दुई तथा मनिषा चौधरीले थप एक गोल गरेकी थिइन्।
छात्रातर्फको पहिलो सेमिफाइनल खेल गण्डकी आमावि र शान्तिनिकुञ्ज बोर्डिङ स्कुलबीच तथा दोस्रो सेमिफाइनल खेल टप्स उमावि र लिटिल स्टेप उमाविबीच असार ९ गते हुने कास्की जिल्ला फुटबल सङ्घका सचिव बुद्धि खत्री क्षत्रीले जानकारी दिए।

बुधबार भएको छात्रतर्फको पहिलो खेलमा ज्ञानकुञ्ज बोर्डिङ स्कुलले माउण्ट अन्नपूर्ण उमाविलाई टाइब्रेकरम ५–४ ले पराजित गर्‍यो। निर्धारित समय गोलरहित बराबरीमा सककिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।दोस्रो खेलमा मेरीगोल्ड बोर्डिङ स्कुलले न्यू मुनलाइटलाई ३–० ले पराजित गर्‍यो।मेरीगोल्डको जीतमा सिन्के तामाङले दुई तथा किरण थापामगरले एक गोल गरेका थिए।

विशाल सोतीको निर्णायक गोलको मद्दतमा तेस्रो खेलमा कालिका उमाविले बेथानी बोर्डिङ स्कुललाई १–० ले पराजित गर्‍यो।चौथो खेलमा टप्स उमाविले दि वीज्डम बोर्डिङ स्कुललाई ३–१ ले पाखा लगायो। टप्सको तर्फबाट प्रमिश आलेले ह्याट्रिक गरे भने दि वीज्डकका विकल रानाले सान्त्वना गोल फर्काएका थिए। सोही खेलमा विकलले डबल एलो (रेड) कार्ड खाएका थिए।

पााचौं खेलमा कुमुदिनी उमाविले न्यू मिलेनियम स्कुललाई ३–० ले हरायो। कुमुदिनीको जीतमा कोशिस गुरुङले दुई तथा संगम गुरुङले एक गोल गरेका थिए।

छैटौं खेलमा सोसियल पब्लिक स्कुलले एल ए उमाविलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्‍यो।सोसियल पब्लिकको तर्फबाट सागर गुरुङले दुई तथा चन्द्रबहादुर गुरुङ र लालबहादुर गुरुङले एक–एक गोल गरेका थिए। एक गोल एलएको तर्फबाट आत्मघाती भएको थियो।एलएका लागि सुजन गुरुङले सान्त्वना गोल गरेका थिए।

सातौं खेलमा फिस्टेल उमाविले पोखरा लर्नर्स एकेडेमीलाई ३–० ले पराजित गर्‍यो। फिस्टेलको जीतमा नन्द गुरुङले दुई तथा आशिष गुरुङले एक गोलको योगदान दिएका थिए।
आठौं खेलमा नवीन थापाको निर्णायक गोलको मद्दतमा नेपाल आदर्श आमाविले जनप्रिय उमाविलाई १–० ले पराजित गर्‍यो।बिहीबारदेखि प्रिक्वाटरफाइनलका खेल हुनेछन्। जसअनुसार छात्रतर्फ आठ खेल हुनेछन्।



Posted by Butwalonline on 5:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गण्डकी र टप्स सेमिफाइनलमा प्रवेश"

Leave a reply