|

फेसबुकले किन्यो फेस डटकम ६ करोड डलरमा

सामाजिक संजाल फेसबुकले अनुहार चिन्ने सफ्टवेयर बनाउने कम्पनी फेस डटकम ६ करोड डलरमा किनेको छ ।

 फेसबुकका प्रयोगकर्तालाई अनुहार चिन्न र ट्याग गर्न चाहिने सफ्टवेयर उपलब्ध गराउँदै आएको इजरायली कम्पनी फेस डटकमलाई हालै फेसबुकले खरिद गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।  साढे ५ देखि ६ करोड रुपैयाँमा फेसबुकले फेस डटकम कम्पनी किनेको सूत्रको दावी छ । तर दुवै पक्षले लेनदेनबारे केही उल्लेख गरेका छैनन् ।


 फेस डटकमका संस्थापक गिल हि्रसले कम्पनीका स्टाफ अबदेखि फेसबुकका स्टाफका रुपमा परिणत भएको बताएका छन् । नयाँ कदमले फेस डटकमले अझै उन्नत प्रबिधिको बिकाश गर्ने उनले बताएका छन् । तेलअभिभमा कार्यालय रहेको फेस डटकमले सन् २००९ बाट मात्र सफ्टवेयर निर्माण सुरु गरेको थियो । यसले बिभिन्न एप्लिकेसन निर्माताहरुलाई पनि सघाउँदै आएको थियो । यसअघि फेसबुकले गत अपि्रलमा १ बिलियन डलरमा इन्टाग्राम नामक कम्पनी किनेको थियो ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 6:52 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेसबुकले किन्यो फेस डटकम ६ करोड डलरमा"

Leave a reply