२० बर्षिया एक युवतीले सात मिनेटको अन्तरमा चार सन्तान जन्माइन
काठमाण्डौं,जेठ ३१-सप्तरीकी २० बर्षिया एक युवतीले सात मिनेटको अन्तर मंगलबार चार सन्तान जन्माएकी छन् ।
मजदुरी गरेर गुजारा गर्दै आएकी बेरवा -३ भारदहकी विमलादेवी मण्डलले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाबाट दुई छोरा र दुई छोरी जन्माएकी हुन् ।
दुई किलो भन्दा कम तौल भएका शिशु र आमा सवैको स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । विमलादेवीलाई सोमबार दिउँसो नै अस्पतालमा भर्ना गरिएको थियो ।
उनले दिउँसो १ बजेर ४६ मिनेटमा मण्डलको पहिलो सन्तान छोरी जन्माईन भने १ बजेर ४९ मिनेटमा छोरा, १ बजेर ५० मिनेटमा अर्की छोरी र १ बजेर ५३ मिनेटमा छोरा जन्माएको अस्पताल स्रोतले जनाएको छ ।
सामान्यतय भर्खर जन्मेको शिशुको तौल २ केजी हुने भएपनि उनीहरुको तौल भने दुईकिलो भन्दा कमी रहेको छ । पहिलो बेतमै चार सन्तान भएकोमा खुसी भएपनि मजदुरी गरेर जीविका चलाउँदै आएको मण्डल परिवारमा स्यहारसुसारमा खर्च कसरी जुटाउने भन्ने पिरोलो परेको छ । यसका लागि सरकारले सहयोग गर्नुपर्ने विमलाका पति राजिनले आग्रह गरेका छन् ।
समाचार ऑनलाइन खबर बाट