|

अबुधावीमा १५ असारको अवसरमा सांस्कृतिक कार्यक्रम गरिने


लालबहादुर ढेंगा, दुबई, युएई-आगामी ६ जुलाई शुक्रबारका दिन अबुधावीको न्यू सिटी प्यालेस रेष्टुरेण्टमा असारे गीत गाउंदै सेलरोटी, दही र चिउंराको स्वादसंगै विविध सांस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ । सो सांस्कृतिक कार्यक्रम १५ असारको अवसर पारेर बागलुङवासीहरुको सांझा समाज बागलुङ सेवा समाज युएईको अबुधावी क्षेत्रीय समितिले आयोजना गर्न लागेको हो ।

स्थापनाकालदेखि नै आफ्नो जिल्लावासीहरुलाई समेट्दै आपतविपत परेको खण्डमा उद्धार तथा सहयोग गर्दै आएको छ भने चाडपर्व र रितीरिवाजलाई पनि कायम राख्दै आएका छन् । नेपाली चाडपर्वमध्ये एउटा प्रसिद्ध चाड १५ असार पनि हो, यस चाडलाई नेपालमा खेतमा रोपाई गरेर हिलोमा खेलेर मनाउने प्रचन रहेको छ । तर, युएईको राजधानी अबुधावीमा भने हिलो र रोपाई नभएता पनि असारे गीत गाउंदै सेलरोटी, अचार, दही र चिउंराको स्वाद लिदै रंगारंग सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएका छन् ।

उक्त कार्यक्रममा स्थानीय चर्चित गायक सूर्य केसीको विशेष प्रस्तुतिका साथ अन्य कलाकारहरुको पनि विभिन्न प्रस्तुतिहरु रहने छन् । रोजगारीको सिलसिलामा रहेका प्रवासी नेपालीहरुले आफ्नो ड्यूटीको बावजुद पनि आफ्नो परम्परागत चाडहरुलाई मनाउंदै नेपाली संस्कृतिलाई विदेशको भूमिमा पनि उजागर गर्दै आएका छन् । यो एउटा हामी नेपालीहरुको लागि गौरव र खुशीको कुरा हुन् ।

सोही अवसरमा विगतदेखि बागलुङ सेवा समाज युएईलाई तेवा र सहयोग पुर्‍याउने पदाधिकारी र विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई सम्मानित गरिने जानकारी केन्द्रीय अध्यक्ष गोपालप्रसाद कंडेलले दिनु भएको छ । उक्त अवसरमा युएईस्थित रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारलाई आधार मानेर उपस्थित हुनको लागि समेत आग्रह गरेको छ ।

Posted by Butwalonline on 7:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अबुधावीमा १५ असारको अवसरमा सांस्कृतिक कार्यक्रम गरिने"

Leave a reply