|

एक नेपाली विद्यार्थी अमेरिकामा बेपत्ता

काठमाण्डौं,जेठ २४-अमेरिकामा लागूऔषधको कुलतमा फसेका एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । न्युर्योक सहरमा उनको अक्तोपत्तो नभएपछि राष्ट्रसंघीय नेपाली नियोगले सोमबार एक सूचना जारी गरी प्रहरीका साथै सम्बन्धित सवैपक्षलाई खोजी गरिदिन आग्रह गरेको छ । चार बर्षदेखि न्युर्योक गएका भविष्य योगी विगत केहीदिनदेखि बेपत्ता रहेका छन् । उनको बारेमा उनका सार्थीहरुलाई पनि कुनै जानकारी नभएको बताईएको छ ।
नेपाली नियोगका अधिकारी अमृत राईका अनुसार उनी म्यानहाटनको युनियन स्क्वायरतिर वेवारिसे अवस्थामा रहेको जानकारी आएको बताएका छन् । 
विभिन्न सहरहुँदै सन २००८ मा विद्यार्थी भिसाबाट न्युर्योक पुगेका उनलाई इजरायलमा रहेकी उनकी आमाले छोरो कुलतमा फसेको थाहा पाएपछि प्रक्रिया पुर्‍याएर नेपाल फर्काउन आग्रह गरेकीछन् । अघिल्लो हप्तामात्र उनकी आमाले न्युर्योकमा रहेका नेपाली प्राध्यापक तारा निरौलालाई फोन गरी नेपाल फर्काउन आग्रह गरेकी थिईन् ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 6:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक नेपाली विद्यार्थी अमेरिकामा बेपत्ता"

Leave a reply