प्रेस रिलीज : FIA अध्यक्षको विदाई
FIAअध्यक्षको विदाई
नेपाल अटोमोबाईल स्पोर्टस् एशोसिएशन (नासा) को निमन्त्रणामा नेपाल भ्रमणको क्रममा हिजो शनिबार काठमाडौं आईपुग्नु भएका मोटर स्पोर्टस्को अन्तर्राष्ट्रिय Governing Body, Federation International De’l Automobile (FIA) का अध्यक्ष :Mr. Jean Todt आफ्नो दुई दिने नेपाल भ्रमण पूरा गरी फर्कनु भएको छ ।
FIAअध्यक्ष Todt ले नेपाल भ्रमणका क्रममा निर्माण, भौतिक योजना तथा यातायात मन्त्री माननीय हृदयेश त्रिपाठीसंग आईतबार मन्त्रालयमा भेटघाट गर्नु भयो । भेटका क्रममा “UN Decade of Road Safety 2011-2020” तथा FIA Action for Road Safety अनि नेपालको सडक सुरक्षामा सरकार र नासा बीचको सम्बन्धका बारेमा छलफल भएको थियो । सो छलफलका क्रममा मन्त्रालयका सचिव तुलसी सिटौला, नासाका कार्यवाहक अध्यक्ष दशरथ रिसाल, महासचिव गोविन्द भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
आइतबार सांझ नै उहांलाई राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायत नासाका पदाधिकारीहरुले विदाई गर्नु
दामोदर नेपाल
मिडिया कोअर्डिनेटर
नासा
मिति: २०६९ जेष्ठ ७
