फेसबुकमा नअटाकै हुन त महानायक राजेश हमाल ?
नायक राजेश हमाल फेसबुकवाट हराएका छन् । तर सामाजिक सञ्जाल फेसबुकबाट होइन, फेसबुक नामको चलचित्रबाट ।रिलीजका लागि तयार भएको चलचित्र फेसबुकको पोष्टरबाट राजेश हराएका हुन् । फेसबुक नामक सिनेमाको युनिटले भर्खर मात्र बजारमा ल्याएको पोष्टरमा राजेश हमालको कुनै अनुहार नै छैन । कुनै बेला छोटो भुमिकामा देखिएपनि चलचित्रका पोष्टरमा हमालको टाउको सबैभन्दा ठूलो हुन्थ्यो । तर अहिले नायक हमाल राम्रो भूमिकामा भएर पनि पोष्टरमा अटाउन छोडेका छन् । यो चलचित्रको लागि तयार पारिएको पोष्टरमा नयाँ अनुहार प्रशस्त देखिएका छन् । तर दर्शकले चिनेका नायक हमाल भने पोष्टरमा नअटाउनुलाई सबैले अचम्म मानेका छन् ।
यसबारेमा चलचित्रकी निर्मात्री झरना थापासँग बुझ्न खोज्दा उनले धेरैजना पोष्टरमा नभएको बताईन् । उनले भनिन् -’सिनेमा भित्र थुप्रै कलाकार छन्, जो पोष्टरमा अटाएका छैनन् ।’ झरनाको भनाईमा राजेश हमाल पनि ति धेरै कलाकार भित्र परेछन्, जो पोष्टरमा राख्न आवश्यक देखेन निर्माणपक्षले ।चलचित्रमा नायक हमाल कुनै सामान्य रोलमा पनि छैनन् । न त उनी अतिथि भुमिकामा नै छन् । तर पनि उनी पोष्टरबाट बाहिर रहनुले सिनेमा चलाउनका लागि राजेश हमालको टाउको बिक्छ भन्ने सोचाई निर्माण पक्षले नराखेको देखाउँछ ।
चलचित्र भित्र नायक हमाल प्रहरीको भूमिकामा रहेका छन् । यसरी नेपाली सिनेमाका एक चर्चित नायक फेसबुक युनिटका लागि भने पहिलो पटक पर्दामा देखिएका कलाकार भन्दा पनि कमजोर भएका छन् । निर्माण पक्षको भनाई अनुसार हमाल पोष्टरमा नअटाउने धेरै मध्ये एक भएका छन् ।
साभार ऑनलाइन खबर बाट

