संविधान सभाको म्याद नथप्ने माओवादी निर्णय
काठमाडौं, जेठ १- माओवादी स्थायी कमिटीले जसरी पनि सहमति गरेर जेठ १४ भित्रै संविधान ल्याउने निर्णय गरेको छ। माओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार बैठकले अहिले अघि सारिएको ११ प्रदेशको प्रस्तावमै सहमति खोजिने निर्णय पनि भएको छ। त्यसैगरी संविधान सभाको म्याद नथप्ने विषयमा पनि बैठक सहमत भएको छ।माओवादी संसदीय दलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। यो बैठकपछि प्रदेशको नामाकरण कसरी गर्ने भन्नेबारे छलफलका लागि अहिले माओवादी नेताहरु क्षेत्रीय र जातीय मोर्चाका नेतासँग बैठक गरिरहेका छन्।
समाचार नागरिक न्यूज बाट