प्रेस रिलिज:रहस्य अखंड सुदूर पश्क्षिम को
प्रेस विज्ञप्ति
मिति: २०६९/०१/३०
देशमा अग्रगामी राज्य पुनर्संरचना गरी संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान निर्माणको अन्तिम समयमा देशव्यापी रुपमा बन्द र हड्तालका कामले दिनानुदिन जनजीवन संकटग्रस्त बनिरहेकोछ । सरकार र राजनैतिक पार्टीहरुको भूमिका अझै शान्ति, संबिधान र जनता प्रति गम्भिर नभएको देख्दा हामीलाई दु:ख लागेकोछ ।
यसैगरी हिजो बैशाख २९ गते कैलालीको धनगढीमा बिभिन्न थारु मोर्चाहरुको संयुक्त आयोजनामा भएको आमसभा स्थानीय प्रशासनको मिलेमतोमा विथोल्ने गरी भएका बिभिन्न घटनाहरुले हामीलाई स्तब्ध बनाएकोछ । ४ जना सिकिस्त सहित ३५/३६ जना घाइते भएका छन् । कैलालीकै मुडामा जनता आइरहेको ४ वटा ट्याक्टर तोडफोड र आग्जनी गर्ने काम भएकोछ, साथै थुप्रै धनजनको क्षति भएकोछ । भन्सार चोकमा कन्चनपुरबाट आइरहेको जनताको मासलाई आक्रमणगरी तितरवितर गरिएकोछ । सेती अञ्चल अस्पतालमा जनतामा माथि प्रहरीले आक्रमण गरेकोछ । आमसभामा आइरहेका जनतालाई ठाउा–ठाउामा अवरोध गर्ने काम भएकोछ । यस्ता प्रकारका हरकत शान्ति, लोकतन्त्र र संबिधान बिरोधी छन्, उपरोक्त क्रियाकलापको हामी घोर भ्रत्सना गर्दछौं । साथै क्षति हुन पुगेको धनजनको क्षतिपूर्ति र घाइतेहरुको उपचार सरकारद्वारा यथासिघ्र होस भन्ने माग गर्दछौं । धन्यवाद ।
सभासदहरु:–
१ मा. शरद सिंह भण्डारी अछाम–२ १३ मा. मानबहादुर महतो कैलाली
३ मा. डा. तिलक रावल कैलाली १५ मा. मालामती राना कैलाली
४ मा. फुलमती चौधरी कैलाली १६ मा. शंकरबहादुर खड्का बझाङ्ग–२
५ मा. रेणु चन्द बैतडी–२ १७ मा. खेम बहादुर बम डोटी–२
६ मा. लक्ष्मणदत्त जोशी दार्चुला १८ मा. डबल बहादुर शाह बाजुरा
७ मा. हरिलाल थापामगर डडेल्धुरा १९ मा. रुपा सोसी चौधरी कैलाली –१
८ मा. भगत ब. बडुवाल कैलाली–२ २० मा. वीरमान चौधरी कैलाली–३
९ मा. कृष्ण कुमार चौधरी कैलाली–४ २१ मा. लिला कुमारी भण्डारी कैलाली–६
१० मा. हरिराम श्रीपाइली कैलाली २२ मा. सुकदैया चौधरी कैलाली
११ मा. पुरन राना थारु कंचनपुर–१ २३ मा. देवीलाल चौधरी कंचनपुर–२
१२ मा. हरिश ठकुल्ला कंचनपुर–४
Posted by Butwalonline
on 9:26 PM. Filed under
Press Release
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response