जनकपुर बम विष्फोटका घाइते एकको उपचारका क्रममा मृत्यु
काठमाण्डौ,बैशाख
२२-सोमवार जनकपुरको रामानन्द चोकमा भएको बम बष्फोटमा परि घाइते भएका एक जनाको शुक्रवार विहान मृत्यु भएको छ ।
मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेकाहरुलाई लक्षित गरेर गराइएको बम विष्फोटमा परि घाइते भएका २८ जनामध्ये दीपेन्द्र दासको उपचारका क्रममा काठमाण्डौको शिक्षण अस्पतालमा विहान निधन भएको हो ।
मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेकाहरुलाई लक्षित गरेर गराइएको बम विष्फोटमा परि घाइते भएका २८ जनामध्ये दीपेन्द्र दासको उपचारका क्रममा काठमाण्डौको शिक्षण अस्पतालमा विहान निधन भएको हो ।
उनीसंगै बम विष्फोटमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि बम विष्फोटमा परि मृत्यु भएका चार जनालाई सरकारले शहीद घोषण गर्ने र उनीहरुका परिवारलाई १०-१० लाख राहात दिने विहीवारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।
समाचार ओनलाइन खबर