|

दलहरुवीच ५ बुँदे सहमति,सरकार सानो आकारको


काठमाण्डौं,वैशाख २२-संबिधानसभा चुनावपछि मुख्य राजनीतिक दलहरु पहिलोपटक राष्ट्रिय सहमतिको सरकार गठन गर्न सहमत भएका छन् । ठूला तीन दल र मधेसी मोर्चाका नेताहरुवीच गएराती अबेरसम्म संबिधानसभा भवनमा भएको छलफलपछि ५ बुँदै सम्झौतामा हस्ताक्षर भएको आजका सवैजसो दैनिक पत्रिकाहरुले मुख्य समाचार बनाएर छापेका छन् ।
सहमतिअनुसार माओवादी र मधेसी मोर्चाबाट सरकारमा गएका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । अब दुई दिनभित्र बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने छ । जेठ १४ अगावै नयां संबिधानको घोषणा गरिनेछ र संबिधान जारी हुनुअघि नै नेपाली कांग्रेसको नेतृत्वमा अर्को राष्ट्रिय सरकार गठन गरिने छ ।
शासकीय स्वरुप र संघीयताका बिषयमा कुनै सहमतिमा पुग्न नसकेका दलहरुले तीन दिनभित्र सहमति गर्ने बताएका छन् । बाँकी दुई बुँदामा शान्ति प्रकृयाका काम अबिलम्ब पुरा गर्ने र शीर्ष नेताको वैठक नियमति वस्ने उल्लेख छ ।
यसैवीच केही दिनका लागि गठन हुने राष्ट्रिय सहमतिको सरकारको आकार सानो हुने आजको कान्तिपुर दैनिकले छापेको छ । माओवादी, कांग्रेस, एमाले र मधेसवादीबाट चार चार जना र साना दलबाट चार जना गरि २० मन्त्री र एक प्रधानमन्त्री गरि जम्मा २१ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी भएको स्रोतले जनाएको छ । नयाँ मन्त्रिपरिषदमा राज्यमन्त्री र सहायकमन्त्री राखिने छैन् ।
समाचार ओनलाइन खबर 

Posted by Butwalonline on 6:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दलहरुवीच ५ बुँदे सहमति,सरकार सानो आकारको"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु