जंगलमा भेटियो ससुरा बुहारीको शव
काठमाडौं , जेष्ठ ६ - शिवपुरी राष्ट्रिय निकुञ्जभित्र एक महिला र पुरुषको शव फेला परेको छ । निकुञ्जको द्वारपासे जंगलभित्र गागलफेदी घर भएका ४० वर्षीय केशमान लामा र उनकी बुहारी ३० वर्षीया सन्नी भन्ने क्याम्पा राई लामालाई मृत भेटिएको हो ।
प्रहरीका अनुसार उनीहरूले विष सेवन गरेर आत्माहत्या गरेको हुन सक्ने अनुमान छ । केशमानकी श्रीमती अर्कैसँग पोइल गएको र क्याम्पाका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा थिए । ससुरा-बुहारी वैशाख ७ गतेदेखि सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् ।
समाचार कांतिपुर बाट
Posted by Butwalonline
on 6:56 AM. Filed under
National News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response