यार्सागुम्बा सङ्कलनका लागि हिँडेका दुई युवकको भीरबाट लडेर मृत्यु
महेन्द्रनगर, वैशाख ३०- बझाङमा यार्सागुम्बा सङ्कलनका लागि हिँडेका दुई युवकको भीरबाट लडेर मृत्यु भएको छ। यार्सागुम्बा सङ्कलनका लागि गएका बझाङ सुर्मा गाविसका जयबहादुर बोहरा र काटा गाविसका देवबहादुर ऐरीको यसरी मृत्यु भएको हो|
बोहराको चुप्पी भिरबाट तथा ऐरीको धामेला गाविसमा पर्ने माझाँ भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक सूर्य केसीले बताए।
चार दिनअघि दुवै जना भीरबाट लडेका भए पनि मृकतका आफन्तले शुक्रबार मात्रै जानकारी गराएको डिएसपी केसीले बताए। प्रहरीका अनुसार मृतकका आफन्तले शव जिम्मा लिई दाहसंस्कार गरिसकेका छन्। यार्सागुम्बा सङ्कलन गर्न आउ-जाउ गर्दा वर्षेनि सङ्कलकहरु भीरबाट लडेर तथा लेक लागेर ज्यान गुमाउँछन्। यार्सागुम्बा पाइने हिमाली भेगमा बाटोघाटो असुविधा हुँदा भीरबाट लड्ने र हिउँमा चिप्लिएर मृत्यु हुने गरेको हो। गत वर्षमात्रै यार्सागुम्बा सङ्कलनका क्रममा बझाङमा ७ जनाको मृत्यु भएको थियो।
समाचार नागरिक न्यूज बाट