दोस्रो विश्वयुद्धमा हराइरहेको बेलायतको विमान ७० वर्षपछि भेटियो
लण्डन, वैशाख ३० (एजेन्सी)- दोस्रो विश्वयुद्धमा हराइरहेको बेलायतको रोयल एयर फोर्स (आरएएफ) विमान दुर्घटना भएको लगभग ७० वर्षपछि सहारा मरुभूमि नजिकै फेला परेको छ। तेल कम्पनीमा काम गर्ने जाकुब पेर्का मार्चमा इजिप्टको मरुभूमिमा आफ्नो टिमसँग अभियानमा रहेको बेला किटि्टीहावक पी ४० नजिकै पुगेका थिए। विमानको स्थिति ठीकठाक देखिएको छ। सात दशकपछि पनि विमान र यसको ककपिटका सामानहरूमा खासै क्षति भएको छैन। यस विमानका चालक फ्लाइट सर्जेन्ट डेनिस कोपिङ भएको बताइन्छ। उनी त्यतिबेला २४ वर्षका थिए।
समाचार नागरिक न्यूज बाट
समाचार नागरिक न्यूज बाट
Posted by Butwalonline
on 7:31 PM. Filed under
World News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response