|

आज गणतन्त्र दिवस,सरकारको औपचारिक कार्यक्रममा मात्रै दिवस सीमित


काठमाडौ, जेठ १५ – देशमा गणतन्त्र घोषणा भएको पाँच वर्ष पूरा भएको छ । संविधान घोषणा नगरी संविधानसभा विघटन भएको कारण गणतन्त्र दिवसको उल्लास चाहिं त्यति छैन । सरकारको औपचारिक कार्यक्रममा मात्रै दिवस सीमित हुने भएको छ ।

दिवसको अवसरमा सोमबार विहान काठमाडौको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम भएको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिस लगायतको उपस्थिति छ । अरु राजनीतिक दलका नेताहरु भने समारोहमा उपस्थित भएका छैनन् ।
सरकारले राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको समारोह निकै खल्लो देखिएको छ । समारोहमा उपस्थित भएकाहरुको अनुहार भावुक र मलिन देखिन्थ्यो । कार्यक्रममा विकास निर्माणका गतिबिधि झल्कने झाँकी तथा कवाज प्रदर्शन भएको छ ।

कार्यक्रममा कलाकारहरुले संविधान नबनेको अवस्थालाई गीतको माध्यमबाट प्रस्तुत गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री अघिल्तिर उनीहरुले गीतको माध्यमबाट भने ‘भुईंको टिप्न खोज्दा पोल्टाको पोखियो, नेपाल आमा हाँसेको देख्न पाउँ आउने दिनैमा ।’
समाचार उज्यालो नेटवर्क बाट 

Posted by Butwalonline on 8:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज गणतन्त्र दिवस,सरकारको औपचारिक कार्यक्रममा मात्रै दिवस सीमित"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु