|

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


हेटौडा, जेठ १५ – मकवानपुरको बसामाडीमा आइतबार राती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ, एक जना घाईते भएका छन् । हेटौडाबाट नारायणगढ जाँदै गरेको ना २० प २७७ नम्बरको कालो पल्सर बसामाडी १ मा अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा चालक २२ वर्षिय बुद्ध लामाको ज्यान गएको हो ।
मोटरसाइकलमै रहेका बसामाडी बस्ने २० वर्षिय सविन बल गम्भीर घाईते भएका छन् । घाईतेको हेटौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
समाचार उज्यालो नेटवर्क बाट 

Posted by Butwalonline on 7:38 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु