|

संविधान सभा विघठन प्रति जनजाति महासंघको असहमति

काठमाण्डौं,जेठ १५-जातिय राज्यको माग गर्दै आन्दोलन गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघले संविधान सभा विघठन भएको प्रति असहमति जनाएको छ । आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले एक विज्ञप्ती जारी गरी संविधान सभा विघठनले मुलुकलाई बर्षौ पछाडि धकेलेको जनाईएको छ ।
विज्ञप्तीमा जनताले अधिकार र न्याय प्राप्तीकलागि अझै संघर्ष गर्नुपर्ने उल्लेख गरिएको छ । संविधान सभा विघठनहुनुमा सम्पुर्ण सभासद दोषी रहेको र उनीहरुलेनै यसको नैतिक जिम्मेवारी लिनुपर्नेमा भन्दै लेखीले जनताले नै नेतालाई दण्ड गर्ने बताउनुभयो ।
यसैबीच आदिवासी जनजाति महासंघले सोमबार दिउसो संविधान सभा विघठन भएको विरोध गर्दै देशभरनै सभाको आयोजना गरेको छ ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संविधान सभा विघठन प्रति जनजाति महासंघको असहमति"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु