प्रेममा अन्धो भएपछि आफ्नी छोरीको भन्दा कम उमेरका दलित युवकसँग दोस्रो विवाह
सिन्धुपाल्चोक
वैशाख २१-‘प्रेम अन्धो हुन्छ’ भन्ने उक्तिलाई यहाँ भएको एक घटनाले चरितार्थ गरेको छ । अन्धो प्रेमकै कारण आफ्नी छोरीको भन्दा कम उमेरका एक दलित युवकसँग दोब्बरभन्दा बढी उमेरकी एक ब्राहृमण महिलाले परिवार त्यागेर हालै दोस्रो विवाह गरेकी छिन् ।
सिन्धुपाल्चोकको साँगाचोक गाविस-८ की ४० वर्षीया विमला पराजुलीले आˆनी छोरीभन्दा पनि कम उमेरका फुल्पिङडाँडा गाविस-१ निवासी १७ वर्षीय रविन विकसँग दोस्रो विवाह गरेकी हुन् । तीन छोरी र दुई छोराकी आमा भइसकेकी विमलाको १८ वषर्ीया छोरी कक्षा १२ मा अध्ययनरत छिन् भने कान्छो छोराको उमेर ७ वर्षको छ । उनी हरिप्रसाद पराजुलीसँग २२ वर्षअघि वैवाहिक सम्बन्धमा बाँधिएकी थिइन् ।
उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षदेखि कतारमा छन् । सानै उमेरदेखि चुलबुले स्वाभावकी विमलालाई एकाङ्की जीवन बिताउन कठिन भएपछि मोबाइलबाट जथाभावी मिसकल गर्ने गरेकी थिइन् । उनको मिसकल संयोगले रविनको मोबाइलमा पुगेपछि प्रेमको सुरुआत भएको दुवैले स्वीकारेका छन् । गएको मङ्सिरदेखि सुरु भएको मोबाइल प्रेमबाट फागुनदेखि विमलाले घर परिवार नै त्यागेर सधैँका लागि विकसँग गएको हालै बताइन् ।
आपसमा प्रत्यक्ष देखादेख नभए पनि मोबाइलकै माध्यमबाट पहिलोपटक फागुन ५ गते दोलालघाटमा भेट भएपछि दुवैले एक-अर्कालाई स्वीकार गरेका थिए । त्यसपछि दुवैले राजधानी गएर विवाह गरेका थिए । दुई महिनादेखि उतै बस्दै आएका उनीहरू विवाहित भएपछि विमलाले आफ्नो नाम समेत रविना विक राखेको थाहा भएको छ ।
कक्षा ८ मात्र अध्ययन गरी डकर्मी काम गर्दै आएका विकलाई उनी विवाहित भन्ने त थाहा थियो तर उनका पाँच छोराछोरी भइसकेको कुरा भने यहाँ आएर मात्रै थाहा पाएको उनले हालै सञ्चारकर्मीसमक्ष जिल्ला प्रहरी कार्यालयमा बताए । ‘आफूभन्दा दोब्बर उमेरकी भए पनि घर परिवार त्यागेर आइहालिन्, अब जीवन भर राम्रोसँग पालन पोषण गर्छु ।’ इमानदार प्रेमी बन्दै अठोटका साथ उनले भने ।
आफूभन्दा सानो जातको भए पनि ऊसँग गएकामा कुनै पछुतो नभएको बताउँदै रविना बनेकी विमलाले भनिन्- ‘पहिलो श्रीमान्ले राम्रो व्यवहार नगरेको कारण दोस्रो विवाह गरेकी हुँ, मलाई कुनै पछुतो छैन ।’
पहिलो श्रीमान्ले नराम्रो व्यवहार गरिएको भनिए पनि यथार्थमा यौन कुण्ठाका कारण उनले दोस्रो विवाह गरेको प्रहरीको ठम्याइ छ ।
श्रीमती अर्कैसँग गएको थाहा पाई घरको विचल्ली भएको सम्झेर हरिप्रसाद कतारबाट हतारिँदै घर र्फकेका छन् । उनैको उजुरीका आधारमा दुवैलाई झिकाई आवश्यक छानबिन गर्दा केटा र केटी दुवैको पूरै राजीखुशी भएको पाइएपछि नियमानुसार उनीहरूको वैवाहिकसम्बन्ध कायम गरी पठाएको प्रहरी निरीक्षक सुजन राजभण्डारीले बताउनुभयो । रासस
समाचार ओनलाइन खबर बाट