नोकियाले अब हाइब्रिड ट्याबलेट पनि उत्पादन गर्ने
पछिल्लो घाटामा गइरहेको फिनिस कम्पनी नोकियाले नयाँ हाइबि्रड ग्याजेट उत्पादन गर्ने भएको छ । सेवानिवृत्त हुन लागेका नोकिया कम्पनीका अध्यक्ष जोर्मा ओल्लिलाले छिट्टै नयाँ उत्पादन सार्वजनिक गरिने बताएका छन् ।
कम्पनीको घाटापूर्तिको विषयमा शेयरहोल्डरहरुमा समेत धैर्यता गुमिरहेको बेला कम्पनीले नयाँ योजना सार्वजनिक गर्न लागेको हो । एक पत्रिकासँगको अन्तरवार्तामा ओल्लिलाले विभिन्न खालका ट्याबलेट तथा हाइबि्रड स्मार्टफोट उत्पादन गरिने संकेत गरेका हुन् ।

सन् १९९८ देखि विश्वको सबैभन्दा ठूलो मोबाइल फोन उत्पादक बनेको नोकिया कम्पनीलाई अहिले सामसुङले निकै पछाडि पारेको छ । ग्याजेटको दुनियामा ग्राहकका चाहना अनुसार चल्न नसक्दा र नयाँ प्रविधि अवलम्बन गर्न नसक्दा नोकिया पछाडि परेको विश्लेषकहरु बताउँछन् ।
समाचार ओनलाइन खबर बाट
