बन्दका कारण लुम्बिनी अंचल लगायत तराईका जिल्लाहरुको जनजीवन प्रभावित
बुटवल ,जेठ ६- बृहत् मधेसी मोर्चाले आहृवान गरेको अनिश्चितकालिन बन्दका कारण शनिबार पनि लुम्बिनी अंचल लगायत तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । अहिले नेपाल आदिबासी जनजाति संघ र थारू संघर्स समितिले नवल पारसी को नवल पुर क्षेत्रमा भने बंद खुलेको छ ,बंद खुलेका कारण त्याहंको जनजीवन सामान्य बन्दै गैरहेको छ | आज नवलपरासीको डंडामा थारू संघर्स समितिको बृहत् भेला कार्यक्रम रहेकोले बंद फिर्ता गरिएकोछ | उता देबदहको खैरेनी चोकमा लुम्बिनी देरीको दूध बोकेको गाड़ी बिहान देखि बंदकर्ताले रोकी राखेका छन |
लगातारको बन्दका कारण मधेसको जाजीवन थप कष्टकर बनेको छ । बन्दका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् भने बजार, पसल तथा शिक्षण संस्थापनि ठप्प छन् । हास्पिटलमा अक्सीजन तथा ब्लडको अभाव बढेको छ |संचारका लागि मोबाइल रिचार्ज कार्ड तथा खाध्य सामग्रीको समेत अभाव हूनथालेको छ | लामो समय सम्म बंद हुंदा पूर्व-पश्चिम लोकमार्ग लगातार १२ दिन सम्म बंदहुंदा अत्याबस्क काम लागि सर्बसाधारणहरु पैदल हिडन वा महँगो शुल्क तिरेर रिक्सामा यात्रा गर्न बाध्य छन| प्रमुख ३ दलले गरेको ११ प्रदेशको सहमतिको विरोध र मधेस स्वायत्त प्रदेशको माग गर्दै मोर्चाले हिजोदेखि अनिश्चिकालीन मधेस बन्दको घोषणा गरेको हो ।यसअघि नेपाल आदिवासी जनजाति महासंघ र थारु संघर्ष समितिले बन्द आहृवान गरेको थियो ।