|

जनजातिको बन्दले रुपन्देही प्रभावित


बिनोद परियार,बुटवल,७ जेठ - नेपाल आदिवासि जनजाति महासंघकोबन्दका कारण रुपन्देहीको जनजीवन विहानैदेखि प्रभावित भएको छ । थारुहरुको बन्दले कष्टकर भईरहेको रुपन्देहीमा आजदेखि आदिवासि जनजातिहरुको बन्दले थप सास्ती पाएका छन् । रुपन्देही तराईका जिल्लाहरुमा बैशाखको अन्तिम सातादेखि निरन्तर बन्द हुदै आएको छ । जातिय पहिचान सहित राज्यको पुर्नसंरचना हुनुपर्ने,पछिल्लो समयमा सरकारले ब्राहमण क्षत्रिलाई खस आर्य आदिवासिमा सुर्चिकृत गरेको विरोध गर्दै आजदेखि ३ दिने आम हड्तालमा जनजातिहरु उत्रिएका हुन । बुटवल र भैरहवामा गाडी संचालन हुन सकेको छैन भने बजार पनि बन्द छ ।

जनजातिहरु विहानैदेखि बुटवलको चोक चोकमा जम्मा भएका छन् । भैरहवामा पनि विहानैदेखि बन्दकर्ताहरु सडकमा उत्रिएका छन् । जनजाति महासंघको आन्दोलनलाई बृहत मधेशी मोर्चाले पनि सघाएको छ । जसका कारण आजदेखि नागरिकले थप पिडा भोग्ने भएका हुन । बन्दका क्रममा प्रेस,एम्बुलेन्स,शव वाहन,पर्यटक,कुटनितिक नियोग र मानवअधिकारकर्मिहरुको गाडीलाई संचालनमा ुकनै अवरोध नगरिने आदिवासि जनजाति महासंघ रुपन्देहीका अध्यक्ष होम बहादुर गालामीले बताउनुभयो ।

Posted by Butwalonline on 6:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनजातिको बन्दले रुपन्देही प्रभावित"

Leave a reply