मिसाइल परीक्षणलाई लिएर भारतले गरेको प्रचारवाजीप्रति चीनको कडा टिप्पणी
नयाँ दिल्ली, वैशाख ८ (एजेन्सी)- मिसाइल परीक्षणलाई लिएर भारतले गरेको प्रचारवाजीप्रति छिमेकी मुलुक चीनले कडा टिप्पणी गरेको छ। चीनको कुनै पनि भागमा पुग्नसक्ने मिसाइल तयार पारेको प्रचारवाजीप्रति उसले असन्तुष्टिमात्र होइन 'चेतावनी' नै दिएको छ।गरिवीको चरमअवस्थामा रहेको मुलुकले सैन्य खर्च बढाएर कुनै पनि प्रतिस्पर्धा जित्न नसक्ने चीनको दावी छ।
चिनिया सरकार नियन्त्रित पत्रिका ग्लोवल टाइम्सले सम्पादकीयमार्फत मुलुकको असन्तुष्टि व्यक्त गरेको हो। यो सम्पादकीय भारतले अग्नी पाँचले चीनको कुनै पनि शहरमा आक्रमण गर्न सक्ने दावी गरेपछि प्रकाशित भएको हो। भारतका 'इलिट'हरु दुई मुलुकबीचको सम्वन्धलाई विर्सेर टिप्पणीमा उत्रेको चिनिया आरोप छ।भारतीय टिप्पणीकाररुहले ३ हजार माइलसम्म आणविक आक्रमण गर्नसक्ने 'शक्ति'लाई बढि उछालेको छिमेकी चीनको आक्रोश छ।
ग्लोबल टाइम्सबाट तीतो पोखेको चीनको विदेश विभागले भने भारत र चीन प्रतिद्वन्द्वी नभई सहयोगी भएको उल्लेख गरेको छ। तर, राज्य नियन्त्रित मिडियाबाट आणविक शक्तिबारे बढी उछालिएको असन्तुष्टि पोखिएको छ।
'भारत अझै गरीब छ, भौतिक विकासमा पनि यो पछाडि नै छ, तर त्यहाँको समाज आणविक शक्तिको विकासप्रति उत्साही छ। २०१२ मा भारतको सैन्य खर्च १७ प्रतिशतले बढ्दा पनि पश्चिमी मुलुकहरु मौन छन् जवकी उ विश्वको ठूलो हतियार किन्ने मुलुकमा पुगेको छ,' सम्पादकीयमा भनिएको छ, 'भारतले आफ्नो क्षमतलाई अधिमूल्यन गर्नुहुन्न। यदी भारतसँग चीनका सबै भागमा पुग्ने मिसाइल छन् भने पनि उसले यसबाट अराजक हुनेभन्दा बढी केही हात पार्दैन। भारतले थाहा पाउनुपर्ने कुरा हो कि चीनको आणविक शक्ति र क्षमता धेरै राम्रो छ। सैन्य क्षमतामा आगामी केही वर्षसम्म पनि चीनसँग भारतले प्रतिस्पर्धा गर्न सक्दैन।'

समाचार नागरिक न्यूज बाट