|

पाकिस्तानमा १२७ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटना

काठमाडौ, वैशाख ८ - पाकिस्तानको कराँची सहरबाट राजधानी इश्लामावादतर्फ उड्दै गरेको १२७ यात्रुसहितको विमान इश्लामावाद विमानस्थल नजिकै दुर्घट्नाग्रस्त भएको छ । खराव मौसमका कारण दुर्घट्ना भएको बताइए पनि थप विववरण आउन सकेको छैन ।  
बीबीसीका अनुसार उड्डायन अधिकारीहरुले खराव मौसमको कारण दुर्घट्ना भएको बताएका छन् । भोजा एयर विमान स्थानीय समय अनुसार साँझको ५ बजे कराँचीबाट उडेर ६ बजेर ५० मिनेटमा इश्लामावादमा अवतरण हुने कार्यक्रम थियो ।

दुर्घटनामा ११८ जनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयलाई उद्‌धृत गर्दै पाकिस्तानी मिडिया डनको अनलाइन संस्करणले जनाएको छ। सेनाले विमान इस्लामावाद विमानस्थलबाट १५ किलोमिटर टाढा लोइ भिर इलाकामा खसेको बताएको पाकिस्तानी पत्रकार खालिद खानले बताए। सेनाले त्यस क्षेत्रमा उद्धार कार्य थालेको छ। खानका अनुसार लोइ भिरका स्थानीय बासिन्दाहरुले विमान दुर्घटना हुनुभन्दा अघि नै त्यसमा आगो लागेको देखेको बताएका छन्। 
स्रोत :कांतिपुर दैनिक 

Posted by Butwalonline on 6:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाकिस्तानमा १२७ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटना"

Leave a reply