सबैकुरा समयले निर्धारण गर्छः पूर्वराजा
धनगढी, चैत्र २३ ( पूर्वराजा ज्ञानेन्द्र शाहले समयले सबै कुरा निर्धारण गर्ने भएकाले त्यसका लागि धैर्य गर्नुपर्ने बताएका छन् । सुदूरपश्चिम भ्रमणको चौथो दिन आइतबार सञ्चारकर्मीसँग राजनीतिक कुरा नसोध्न भन्दै सबै कुरा समयले निर्धारण गर्ने बताएका हुन् ।
ुराजनीतिक कुरा नगरौं । समयले सबै कुरा तय गर्छ । धैर्य राख्नुपर्छ,ु सञ्चारकर्मीले राखेका राजनीतिक जिज्ञासामा शाहले भने । ुसम्झौता गरेर होइन,ु आफूले सत्ता त्यागेको प्रसंगमा उनले भने, ुमैले सत्ता त्यागेको हो । देशको अवस्थाले गर्दा लक्ष्य लिएर त्यागेको हो । अरूबाट पनि त्यही विचार र विवेक आउनु पर्छ भन्ने मेरो मान्यता छ ।ु
सम्झौता के हो भन्ने जिज्ञासामा ुत्यति बेलाका व्यक्तिहरू राजनीतिमै हुनुहुन्छ उहाँहरूलाई सोधे बुझ्न सकिन्छ,ु भनी जवाफ दिएका थिए ।
उनले विवेकपूर्ण ढंगले सोचेर मुलुकलाई राजनीतिक निकास दिनु पर्ने बताए । ुअहिलेको परिस्थितिलाई टेकेर भावी नेपाललाई हेर्नुपर्छ, भावी पुस्तालाई हेर्नुपर्छ,ु उनले भने ।
आफूले सुदूरपश्चिम जनताको आत्मीयता प्राप्त गरेको बताए । ुहामी जलसम्पदामा धनी छौं । तर व्यवस्थापनको कुरा महत्त्वपूर्ण हो,ु एक प्रश्नको जवाफमा उनले भने ।
स्रोतः कान्तिपुर
